दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
सारांश
- लौकाको जुसले तौल घटाउन, पाचन प्रणाली सुधार गर्न र शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ ।
- लौकामा ९० प्रतिशतभन्दा बढी पानीका साथै भिटामिन सी, के र ए पाइन्छ ।
- यसको जुसले मेटाबोलिजम बढाएर पेट लामो समयसम्म भरिएको राख्छ ।
काठमाडौँ । लौका सबैभन्दा लाभदायक तरकारीमध्ये एक हो । यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । लौका भिटामिन सी, भिटामिन के र भिटामिन एको राम्रो स्रोत पनि हो ।
लौकाको जुस पिउनाले शरीरलाई धेरै फाइदा हुन्छ । यसका एउटा होइन अनेक फाइदा छन् । लौकाको जुसले तौलदेखि पेट र मुटुको स्वास्थ्यसम्म सबै कुरामा असर गर्छ । आजको यस लेखमा हामी दिनहुँ लौकाको जुस पिउँदा शरीरमा हुने फाइदाबारे कुराकानी गर्नेछौँ ।
द्रुत गतिमा तौल घटाउने
दैनिक लौकाको जुस पिउनाले तौल घटाउन मद्दत गर्छ । लौकाको जुसमा लगभग कुनै क्यालोरी हुँदैन, यसले मेटाबोलिजम बढाउँछ र पेट लामो समयसम्म भरिएको रहन्छ ।
पाचन प्रणालीमा सुधार गर्छ
लौकाको जुस पिउनाले पेटको समस्याबाट राहत मिल्छ । यसको फाइबर र पानीको मात्राले पेटको समस्याबाट राहत मिल्छ ।
शरीरलाई हाइड्रेटेड राख्छ
लौकाको जुसमा पानीको मात्रा प्रशस्त हुन्छ । यस्तो अवस्थामा लौकाको जुस पिउनाले शरीरलाई हाइड्रेटेड राख्छ र पानीको कमीलाई पूरा गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण