शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पामा  तीन जना मृतावस्थामा फेला

मङ्गलबार, २३ माघ २०८०, १४ : २९
मङ्गलबार, २३ माघ २०८०

बुटवल । पाल्पामा तीन जना मृतावस्थामा फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्।

मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र  उनका श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ। श्रीमती आफ्नै घरको बिस्तरामा र श्रीमान् अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। पोष्टमार्टमको लागि जिल्ला अस्पताल तानसेन पठाएको छ । 

यस्तै, रिव्दीकोट–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान कार्य चलिरहेको सूचना अधिकारी डिएसपी  सुगन्ध श्रेष्ठले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप