पाल्पामा तीन जना मृतावस्थामा फेला
मङ्गलबार, २३ माघ २०८०, १४ : २९
बुटवल । पाल्पामा तीन जना मृतावस्थामा फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्।
मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र उनका श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ। श्रीमती आफ्नै घरको बिस्तरामा र श्रीमान् अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। पोष्टमार्टमको लागि जिल्ला अस्पताल तानसेन पठाएको छ ।
यस्तै, रिव्दीकोट–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान कार्य चलिरहेको सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण