नक्कली नोटसहित पाँच जना पक्राउ
बारा । प्रहरीले एक हजार दरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका घर भएका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ घर भएका सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका–१० घर भएका विशाल कुमार श्रीवास्तव र सोही ठाउँ बस्ने नीरज श्रीवास्वत रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा तत्काल एकजना र बाँकीलाई अन्य ठाउँबाट पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरुको साथबाट एक हजार दरको ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको मोबाइल ७ थान बरामद गरिएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
-
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण