ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत
बिहीबार, २५ माघ २०८०, १५ : ०७
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडामा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ । एमाले रौतहटको १० औँ जिल्ला अधिवेशन उद्घाटनका लागि गरुडा आएका अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरिएको हो ।
गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औँ जिल्ला अधिवेशन हुँदैछ ।

अधिवेशनमा ओलीसँगै केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतको उपस्थिति रहेको छ । बिहीबार र शुक्रबार चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाह र नेकपाका नेताहरुबिच छलफल
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण