शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकविरुद्ध पूर्व महिला कर्मचारीको मुद्दा

शुक्रबार, २६ माघ २०८०, ११ : २८
शुक्रबार, २६ माघ २०८०

म्यानह्याटन । चिनियाँ शर्ट भिडियो सेयरिङ एप कम्पनी टिकटकमाथि एक पूर्व महिला कर्मचारीले मुद्दा हालेकी छिन् । सन् २०२२ मा आफू यौन र उमेरसँग सम्बन्धित भेदभावमा परेको गुनासो गरेपछि आफूलाई निकालेको भन्दै टिकटककी पूर्व शीर्ष मार्केटिङ कार्यकारी केटी प्यूरिसले म्यानह्याटन संघीय अदालतमा मुद्दा हालेकी हुन् ।

जागिरबाट निकाल्दा प्यूरिस ५० वर्षकी थिइन् । सो उमेरमा आफू अपमानजनक टिप्पणीको शिकार भएको पनि उनले बताइन् । प्युरिसले मुद्दामा टिकटक र यसको चीनस्थित मातृ कम्पनी बाइटडान्सको नाम मुछेकी छिन् ।

बाइटडान्सका अध्यक्ष झाङ लिडोङले महिलाहरू सधैँ शान्त र विनम्र रहनुपर्छ भन्ने विश्वास गर्ने गरेको अनि कम्पनीले पनि महिला कर्मचारीहरूमा विनम्रता र नम्रतालाई प्राथमिकता दिने गरेको बताइएको छ । यो मामिलामा टिकटक र बाइटडान्सले केही प्रतिक्रिया दिएका छैनन् ।

प्युरिसका वकिलहरूका अनुसार उनी काममा निकै राम्रो भएपनि भेदभावबारे गुनासो गरेपछि उनले प्रतिकारको सामना गर्नुपरेको थियो । उनीविरुद्ध कम्पनीले गरेको कारबाही गैरकानूनी भएको उनीहरुको भनाई छ ।

यस मामिलामा प्युरिसले आफूले भोगेको आर्थिक क्षति दुःख, पीडा र प्रतिष्ठा एवम् करियरमा लागेको धक्काको क्षतिपूर्ति मागेकी छिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप