टिकटकविरुद्ध पूर्व महिला कर्मचारीको मुद्दा
म्यानह्याटन । चिनियाँ शर्ट भिडियो सेयरिङ एप कम्पनी टिकटकमाथि एक पूर्व महिला कर्मचारीले मुद्दा हालेकी छिन् । सन् २०२२ मा आफू यौन र उमेरसँग सम्बन्धित भेदभावमा परेको गुनासो गरेपछि आफूलाई निकालेको भन्दै टिकटककी पूर्व शीर्ष मार्केटिङ कार्यकारी केटी प्यूरिसले म्यानह्याटन संघीय अदालतमा मुद्दा हालेकी हुन् ।
जागिरबाट निकाल्दा प्यूरिस ५० वर्षकी थिइन् । सो उमेरमा आफू अपमानजनक टिप्पणीको शिकार भएको पनि उनले बताइन् । प्युरिसले मुद्दामा टिकटक र यसको चीनस्थित मातृ कम्पनी बाइटडान्सको नाम मुछेकी छिन् ।
बाइटडान्सका अध्यक्ष झाङ लिडोङले महिलाहरू सधैँ शान्त र विनम्र रहनुपर्छ भन्ने विश्वास गर्ने गरेको अनि कम्पनीले पनि महिला कर्मचारीहरूमा विनम्रता र नम्रतालाई प्राथमिकता दिने गरेको बताइएको छ । यो मामिलामा टिकटक र बाइटडान्सले केही प्रतिक्रिया दिएका छैनन् ।
प्युरिसका वकिलहरूका अनुसार उनी काममा निकै राम्रो भएपनि भेदभावबारे गुनासो गरेपछि उनले प्रतिकारको सामना गर्नुपरेको थियो । उनीविरुद्ध कम्पनीले गरेको कारबाही गैरकानूनी भएको उनीहरुको भनाई छ ।
यस मामिलामा प्युरिसले आफूले भोगेको आर्थिक क्षति दुःख, पीडा र प्रतिष्ठा एवम् करियरमा लागेको धक्काको क्षतिपूर्ति मागेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण