अध्यागमन अधिकृतसँग विवाद गर्ने ३ जना प्रहरीको रानीपोखरीमा सरुवा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ । उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् । माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन र विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानसँग विवाद हुँदा प्रहरीहरूले उनलाई कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरू छायालालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रञ्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।
सहसचिव थानेश्वर गौतम नेतृत्वको विवाद छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । अधिकृतलाई चेकजाँच बिना भित्र जानबाट रोक्ने जवान रवि रञ्जन गुप्तालाई विभागीय कारबाही र डिएसपी रेवती रमण पोखरेललाई सचेत गराउन समितिले सिफारिस गरेको छ । समितिको सिफारिस अनुसार कारबाही प्रक्रिया अघि बढाउन उनीहरूलाई रानीपाखेरीमा काज गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
समितिले अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई पनि जिम्मेवारीबाट हटाएर विभागीय कारबाही मात्रै सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण