‘रामायण’ मा शूर्पणखाको भूमिकामा रकुल
मुम्बई । नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ । भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार रकुल प्रीत अब यो फिल्ममा प्रवेश गर्न सक्नेछिन् ।
रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन् । अभिनेत्रीले हालै रावणकी बहिनीको भूमिकाका लागि लुक टेस्ट पनि दिएकी छिन् ।
तर, निर्माता वा रकुल प्रीतले यसबारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् । फिल्ममा रणवीर कपूर भगवान रामको भूमिकामा देखिनेछन् । रकुलले आफ्नो लामो समयदेखिका प्रेमी र निर्माता ज्याकी भगनानीसँग २१ फेब्रुअरीमा विवाह गर्दैछिन् ।
सुरुमा सीताको कास्टिङमा धेरै अभिनेत्रीको नाम सार्वजनिक भएको थियो । यसअघि फिल्ममा सीताको भूमिका साउथ अभिनेत्री साई पल्लवीले गर्ने खबर आएको थियो । यसपछि हालै मेकरहरू सीताको भूमिकाका लागि जान्हवी कपूरलाई अप्रोच गरिरहेको खबर आएको थियो । जाह्नवी कपूरको सम्पर्कमा आएको यो खबरलाई निर्माताले अस्वीकार गरेका छन् । उनले यो अफवाह भएको बताए ।
टोलीले सीताको भूमिकाका लागि साई पल्लवी र आलिया भट्टबाट एकजना अभिनेत्री छनोट गर्नुपर्ने थियो । तर, निर्माताले साई पल्लवीलाई यो भूमिकाका लागि फाइनल गरेका छन् । हनुमानको भूमिकाका लागि सनी देओललाई साइन गरिएको छ । साउथ अभिनेता यश रावणको भूमिकामा देखिनेछन् । चलचित्रको छायांकन यसै वर्षको अप्रिलबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण