पत्रकारको कार्यक्रममा हंगामा, विमोचनका लागि तयार पुस्तक च्यातियो (तस्बिरहरु)
काठमाडौँ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा हंगामा भएको छ ।
प्रतिष्ठान समितिले प्रकाशित गरेको ‘अग्र अनुहार’ पुस्तकमा इतिहास मेटाउने प्रयास भएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले कार्यक्रमस्थलमै विरोध गरेको छ ।
फोनिजले विरोधका साथसाथै विमोचनका लागि तयार पुस्तक नियन्त्रणमा लिएर च्यात्ने काम समेत गरेको छ । पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रम हलभित्र पसेर फोनिजले हङ्गामा मच्चाएको हो ।
फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले महासंघले इतिहास मेटाउने काम भएकाले आाफूहरुले त्यसको विरोध गरेको बताए । २००८ वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ महासंघ (तत्कालीन पत्रकार संघ) को अध्यक्ष भएका थिए । तर महासंघले प्रकाशन गरेको पुस्तकमा त्यसको कुनै पनि चर्चा नरहेका कारण आफूहरूले कार्यक्रम अवरुद्ध गर्नुको साथै पुस्तक पनि च्यातेको उनको भनाइ छ ।
महासंघले प्रकाशन गरेको पुस्तकमा संस्थापक कृष्णप्रसाद भट्टराईलाई मानिएको छ । उनीलगायत अन्य अध्यक्षको संक्षिप्त जीवनी उल्लेख गरेको छ । त्यसमा सत्यनारायण बहादुर श्रेष्ठको कहीँकतै उल्लेख नहरेको भन्दै फोनिजले विरोध गरेको छ ।
फोनिजले त्यो पुस्तक बजारमा जहाँ देखिन्छ त्यही जलाउने निर्णय पनि गरेको छ । यसको विरुद्धमा आन्दोलन निरन्तर चलिरहने र देशैभर आन्दोलन चलाउने उपाध्यक्ष चौधरीले बताए ।
प्रतिष्ठान प्रदेश कमिटीका उपाध्यक्ष वीरेन्द्र अोलीले होहल्लाकै बिचमा पुस्तक विमोचन भएको दाबी गरे । उनले भने, ‘महासंघको संस्थापकको विषयलाई लिएर विवाद भएको हो तर महासंघको विधान तथा अन्य दस्तावेजले सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक मानेको छैन, महासंघको निर्देशन बमोजिम र त्यहाँको दस्ताबेजको आधारमा यो पुस्तक प्रकाशन गरेका हौँ ।’ उक्त कार्यक्रममा आमन्त्रण गरिएको सभामुख देवराज घिमिरे समेत उपस्थित भएनन् ।
_zmDqydCcqa.jpg)
_4GbIetuliD.jpg)
_ajGEnYZgvH.jpg)
_gekhFC6BHM.jpg)
_5P8h2tdDqC.jpg)
_srnpJ7IVD7.jpg)
_ZvWhrgSnOX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण