ओलीले गरे शालीनदी पुगेर श्रीस्वस्थानीको पूजा

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको साँखु स्थित शालीनदी पुगेर श्रीस्वस्थानी तथा माधवनारायणको पूजा अर्चना गरेका छन् ।
आइतबार धर्मपत्नी राधिका शाक्यसहित साँखु शालीनदी पुगेका अध्यक्ष ओलीले श्रीस्वस्थानी र माधवनारायणको मन्दिरमा पूजा गरेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । झन्डै आधा घण्टा उनले पूजा गर्नुका साथै शालीनदी मेलाको अवलोकन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष ओलीलाई शंखरापुरको ऐतिहासिकता, धार्मिकस्थल तथा शालीनदीको बारेमा जानकारी गराएको श्रेष्ठले बताए । अध्यक्ष ओलीलाई शालिनदीमा शंखरापुर नगरपालिकाकी कार्यबाहक प्रमुख समिता श्रेष्ठ, श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, जनक जानकी धर्मकर्म सेवा समितिका अध्यक्ष शंकर मल्ल ठकुरी लगायतले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथि वर्षमान पुनको टिप्पणी– गन्तव्यविहीन जस्तो लाग्यो
-
सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह
-
नीति तथा कार्यक्रम : शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ?
-
शिक्षा, निजामति सेवा र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने घोषणा
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २२ गतेबाट सुरु हुने
-
सरकारको नीति तथा कार्यक्रम टोले गुन्डाले उठाएको चन्दा जस्तो देखियो : ज्ञानेन्द्र शाही