आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

२५ वर्षपछि अरशद र मारियाको विवाह दर्ता

सोमबार, २९ माघ २०८०, १५ : १६
सोमबार, २९ माघ २०८०

मुम्बई । बलिउड अभिनेता अरशद वारसी र मारिया गोरेट्टीको विवाहको २५ वर्ष पुगेको छ । जोडीले सन् १९९९, फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गरेका थिए । जोडीले विवाहको २५ वर्षको अवसर पारेर गत जनवरी २३ मा अदालतमा आधिकारिक रूपमा विवाह दर्ता गराएका छन् ।

हालै एक अन्तरवार्तामा अरशदले विवाह दर्ताबारे दिमागमा नआएको र यो आफ्ना लागि महत्त्वपूर्ण छ भन्ने कुरा पनि थाहा नभएको खुलासा गरेका छन् । उनले सम्पत्तिको मामला र कसैको निधनपछि यसको महत्वबारे आफूले थाहा पाएको बताएका छन् । ‘हामीले कानुनका लागि गरेका हौँ । मलाई लाग्छ कि भागीदारका रूपमा यदि तपाईं एकअर्कालाई प्रेम गर्नुहुन्छ भने यसले महत्त्व राख्छ’, उनले भनेका छन् ।

उनले अन्तरवार्तामा भ्यालेन्टाइनसँग जोडिएको आफ्नो डरलाग्दो स्मरणबारे बताएका छन् । ‘मलाई आफ्नो विवाहको मिति अरू कसैलाई सुनाउन घृणा लाग्छ, किनकि यो निकै घटिया लाग्छ । मारिया र म यो कुरामा लज्जित हुन्छौँ । यद्यपि, यो हामीले जानेर बुझेर गरेका होइनौँ’, उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप