आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाथीभरा एड्भरटाइजिङ प्रालि दशौँ वर्षमा प्रवेश

बुधबार, ०२ फागुन २०८०, १३ : ०७
बुधबार, ०२ फागुन २०८०

इटहरी । इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालि नवौँ वर्ष पूरा गरेर दस वर्षमा र पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर पाँच वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

इटहरीमा प्रधान कार्यालय रहेको कम्पनी श्री पञ्चमीको अवसर पारेर उद्घाटन भएको कम्पनी १० वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

प्रालिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन् ।

पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटाइजिङले कोशी प्रदेशमा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।

आगामी दिनमासमेत विज्ञापनको क्षेत्रसँगै बेरोजगारी निरुत्साहित गर्न कम्पनीले थप योजनासहित काम गर्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप