सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौँ । नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ अमर प्राज्ञ भारत आसामका नव सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै उनलाई पुरस्कार दिने निर्णय भएको नइ प्रकाशनले जनाएको छ ।
ताम्रपत्रका साथ पुरस्कारको राशि दुई लाख रूपियाँ रहेको छ ।
यसैगरी सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउने दार्जिलिङकी स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको सदस्यसचिव रेन्द्रराज प्रसाईले जानकारी दिए ।
ताम्रपत्रका साथ सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’
-
पहलगाम आतङ्कवादी हमलामा ज्यान गुमाएका सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट
-
गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
-
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास