आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विरोधीहरुले ‘सुखी नेपाली’ भन्ने आँट गर्दैनन् : अध्यक्ष ओली

बुधबार, ०२ फागुन २०८०, १७ : ५३
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधी र सत्तारुढ दलहरुले ‘सुखी नेपाली’ भन्न समेत आँट नगरेको बताएका छन् ।

बुधबार अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधीहरुले समृद्ध नेपाल भन्ने शब्द उच्चारण गरेपनि सुखी नेपाली भन्ने आँट नगरेको टिप्पणी गरेका हुन् । अध्यक्ष ओलीले विरोधीहरुका लागि सुखी नेपाली उनीहरुको सिद्धान्त विपरीत भएको पनि बताए । ‘हामीले जानीबुझी समृद्ध नेपाल सुखी नेपाली भन्यौ । तर हाम्रा विरोधीहरु समृद्ध नेपाल भन्नेसम्म उच्चारण गर्छन्, सुखी नेपाली भन्ने आँट नै हुँदैन तिनीहरुसँग, हिम्मत नै हुँदैन, उनीहरुको सिद्धान्त विपरीतको कुरा हो’, ओलीको भनाइ छ ।

नेपाली कांग्रेस किन सुखी नेपाली भन्न सक्दैन ? भनेर प्रश्न गर्दै ओलीले उसको सिद्धान्तविपरीतको कुरा भएको बताए ।

उनले एकजना कांग्रेस समर्थक व्यापारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा गलत भएको भनेर आफूतिर हेर्दै भनेको भन्दै खुसी हुनुपर्छ भनेर भनेको बताए । उनले खुसी क्षणिक हुने र पुँजीवादीहरुको सोचाई यस्तै हुने गरेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप