आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘समृद्ध नेपाल : सुखी नेपाली’ नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो : अध्यक्ष ओली

शुक्रबार, ०४ फागुन २०८०, १६ : ०३
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल: सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् । 

पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको समेत बताए । 

नेपालले गरिवीविरुद्धको लडार्इंमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुसी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताए । उनले नेपालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेकुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुले जोड दिएको बताए  । 

ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभूत बनाएर लैजानुपर्ने आवश्यकता पनि औँल्याए ।

उनले भने, ‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो । हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्परिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ ।  हामी प्रतिबद्ध छांै–समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि । समृद्ध नेपाल: खुसी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिबी विरुद्धको लडाइँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’

अध्यक्ष ओलीले राष्ट्रिय हित, पारस्परिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा आफ्नो पार्टी दृढ रहेको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप