चाकाचौडा नाका खोल्न माग
आइतबार, ०६ फागुन २०८०, १२ : १९
काठमाडौँ । सांसद बलराम अधिकारीले कपिलवस्तुको चाकाचौडा नाका सुचारु गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै दशौँ हजार मानिसहरू आवतजावत गर्ने उक्त नाका खोल्न भन्सार प्रमुख, अर्थमन्त्री लगायतको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।
‘दशौँ हजार मानिसहरू आवतजावत गर्ने चाकाचौडा नाका खोल्न भन्सार प्रमुखलाई भन्दा कर्मचारी छैनन् माथि भन्नुस् भन्ने, अर्थमन्त्रीलाई भन्दा खोलिन्छ भन्ने तर दशौँ हजार मानिस र सयौँ गाडी आवतजावत गर्ने नाका बन्द छ ।’, उनले भने, ‘एकातिर सरकार राजश्व उठेन भन्छ, अर्कातिर राजश्व उठ्ने नाका खोल्दैन । त्यसैले यथाशीघ्र उक्त नाका खोल्न आग्रह गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण