सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा गोली लागेर एकै परिवारका १२ जनाको मृत्यु

आइतबार, ०६ फागुन २०८०, १३ : ४८
आइतबार, ०६ फागुन २०८०

तेहरान । इरानमा गोली लागेर एकै परिवारका १२ जनाको हत्या गरिएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएअनुसार एक व्यक्तिले आफ्नै परिवारका १२ सदस्यको गोली हानेर हत्या गरेका हुन् । इरानमा यस्तो खालको गोलीबारीको घटनाहरु कमै हुन्छन् ।

सञ्चारमाध्यामका अनुसार यो घटना केरमान प्रान्तमा घटेको हो । एक तीस वर्षीय युवकले कलाश्निकोफ राइफलले आफ्नै बुबा र भाइसहित परिवारका १२ जनाको हत्या गरेका छन् ।

आक्रमणकारीलाई पछि सुरक्षा बलले मारेको थियो । इरानमा सर्वसाधारणले शिकारकालागि मात्र बन्दुक राख्न पाउँछन् । सर्वसाधारणसँग स्वचालित हतियार राख्ने अधिकार छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप