स्थानीय तहका ४ सय जना मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया
मङ्गलबार, ०८ फागुन २०८०, १० : ४६

सुर्खेत । नेपाल नेत्रज्योति संघ आँखा उपचार मेहलकुना र मेहलकुना नगरपालिकाको सहकार्यमा गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालित आँखा शिविरमा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्य ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
नगरपालिकाको वडास्तरमै गएर आँखा परिक्षण गर्दा १४ प्रतिशतमा मोतिबिन्दुको समस्या देखिएको हो । जम्मा २ हजार ८ सय ४० जना व्यक्तिको आँखा परिक्षण गर्दा ४०० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो ।
वडास्तरमै गएर आँखा परिक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदा समेत करिब १०० जना बिरामीहरु शल्यक्रियाका लागि नआएको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुन मान बहादुर कुँवरले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्