सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पहिलो पटक रणवीरसँग रोमान्स गर्दै कियारा

मङ्गलबार, ०८ फागुन २०८०, १३ : ४९
मङ्गलबार, ०८ फागुन २०८०

नयाँ दिल्ली । फरहान अख्तरको निर्देशनमा बन्न लागेको फिल्म ‘डन–३’ अहिले पनि चर्चाको विषय बनेको छ । यस फिल्ममा शाहरुख खानको सट्टामा रणवीर सिंह देखिँदै छन् । यसको घोषणाको भिडियो सार्वजनिक भएदेखि नै फ्यानहरू यसको प्रतीक्षामा थिए । निर्माण पक्षले फिल्मकी नायिकाको नाम पनि सार्वजनिक गरेको छ । ‘डन ३’ मा रणवीर सिंहसँग कियारा आडवाणीको जोडी देखिने भएको छ । निर्देशक फरहान अख्तरको यस फिल्ममा रणवीर सिंहसँग कियारा आडवाणील स्क्रिन सेयर गर्ने भएकी छिन् निर्माताहरूले पोस्ट सेयर गरेर अभिनेत्रीलाई डन ‘युनिभर्स’मा स्वागत गरेका थिए ।

फिल्मका निर्माताले एक भिडियो शेयर गर्दै ‘डन ३’ मा कियारा आडवाणीको नाम पुष्टि गरेका छन् । भिडियो शेयर गरेर निर्माताले कियारालाई डन ‘युनिभर्स’मा स्वागत गरेका थिए । यस फिल्ममा कियारा आडवाणी पहिलो पटक रणवीर सिंहसँग स्क्रिन सेयर गर्नेछिन् । फरहान अख्तरको फिल्म ‘डन ३’ मा कियाराको नाम आएपछि फ्यानहरू फिल्मलाई लिएर झनै उत्साहित भएका छन् । यो फिल्ममा दुवै स्टारले पहिलो पटक ठुलो पर्दामा रोमान्स गरेको देखिनेछ ।

गत वर्ष फरहानले ‘डन ३’ घोषणा गरेका थिए । निर्देशक फरहान अख्तरले गत वर्ष ‘डन ३’ को टिजर रिलिज गरेर सबैलाई चकित  पारेका थिए । यो भिडियोमा उनले शाहरुख खानको ठाउँमा रणवीर सिंहलाई नयाँ डनको रूपमा देखाएका थिए । त्यसबेलादेखि नै दर्शकले यो फिल्मको प्रतीक्षा गरिरहेका छन् । साथै, प्रियंका चोपडाको सट्टामा कुन अभिनेत्री देखिनेछिन् भन्ने जान्न पनि फ्यानहरू उत्सुक थिए । प्रियंका शाहरुखसँग ‘डन २’ मा देखिएकी थिइन् । उनीहरूको अनस्क्रिन जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

‘डन ३’ को छायांकन अगस्टमा सुरु हुने !

रिपोर्टका अनुसार ‘डन ३’ को सुटिङ यसै वर्षको अगस्टमा सुरु हुन सक्छ । अहिले फिल्मको टिमले प्रि–प्रोडक्सनको लागि पूर्ण तयारी गरिरहेको छ । अर्को रिपोर्ट अनुसार ’डन ३’ को टिमले हाल फिल्मको कास्टिङ गरिरहेको छ र यसको प्रि–प्रोडक्सन अर्को महिना सुरु हुनेछ । स्रोतका अनुसार यस फिल्ममा इमरान हाशमी खलनायकको भूमिकामा देखिनेछन् । यद्यपि निर्माताहरुले यो खबरको आधिकारिक पुष्टि भने गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप