चैतमा चार दिने पुष्प मेला हुँदै
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आगामी चैतमा चार दिने पुष्प मेला हुने भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने नाराका साथ आगामी चैत १ गतेदेखि ४ गतेसम्म ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ लाग्ने भएको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन हुने प्रदर्शनीमा विभिन्न पुष्प नर्सरी/फर्म/संघ संस्थाहरू गरेर ७३ वटा स्टल रहनेछन् ।
सो प्रदर्शनीमा करिब ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाहरूको प्रदर्शनी तथा खरिद बिक्री हुने आयोजकले जनाएको छ ।
फूल फुल्ने तथा नफुल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो बीउ बिजन, ग्रिनहाउस कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सूक्ष्म तथा थोपा सिचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादी लगायतका प्रदर्शनी हुने छ । सो मेला बिहान १० बजेदेखि साँझ ०५ः३० अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण