अवैध काठ बरामद गर्न हवाईफायर
रौतहट । रौतहट स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले हवाईफायर गरेर अवैध सालको काठ बरामद गरेको छ। जिल्लाको वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ बरामद गरेको हो।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको थियो। टोलीले उक्त स्थान बाट तीनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको प्रमुख मिश्रले जानकारी दिए । झन्डै दुईलाख भन्दा बढी मूल्यको काठ सहितको टायर गाडा र पाडो आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।
जिल्लाको पूर्वी भेगमा तस्करहरू लुकीचोरी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
-
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण