कान्सास गोलीकाण्ड- २ जनामाथि अभियोग चलाइयो
बुधबार, ०९ फागुन २०८०, १२ : २४
वाशिङटन डीसी । गतहप्ता अमेरिकाको कान्सास सहरमा एक विजयोत्सवमा गोली हानिएको घटनामा २ जनामाथि अभियोग चलाइएको छ । कान्सास सहरमा सुपर बाउलको विजयोत्सवमा गोली चल्दा एक युवतीको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।
दुई जना पुरुषबिच बहस भड्किँदा उक्त काण्ड भएको प्रहरीले बताएको छ । दुबैलाई प्रहरीले हत्या अभियोग चलाएको छ । अभियुक्तहरू डोमिनिक मिलर र ल्यान्डेल मेज भएको बताइएको छ । यी दुईमाथि अन्य दुई अभियोग पनि चलाइएको छ ।
घटनामा यी दुवैलाई पनि गोली लागेको थियो । गएको हप्ता पक्राउ गर्न खोज्दा नमानेको अनि बन्दुकसम्बन्धी कानुन तोडेको दुई जना किशोरलाई अभियोग लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण