बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कान्सास गोलीकाण्ड- २ जनामाथि अभियोग चलाइयो

बुधबार, ०९ फागुन २०८०, १२ : २४
बुधबार, ०९ फागुन २०८०

वाशिङटन डीसी । गतहप्ता अमेरिकाको कान्सास सहरमा एक विजयोत्सवमा गोली हानिएको घटनामा २ जनामाथि अभियोग चलाइएको छ । कान्सास सहरमा सुपर बाउलको विजयोत्सवमा गोली चल्दा एक युवतीको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।

दुई जना पुरुषबिच बहस भड्किँदा उक्त काण्ड भएको प्रहरीले बताएको छ । दुबैलाई प्रहरीले हत्या अभियोग चलाएको छ । अभियुक्तहरू डोमिनिक मिलर र ल्यान्डेल मेज भएको बताइएको छ । यी दुईमाथि अन्य दुई अभियोग पनि चलाइएको छ ।

घटनामा यी दुवैलाई पनि गोली लागेको थियो । गएको हप्ता पक्राउ गर्न खोज्दा नमानेको अनि बन्दुकसम्बन्धी कानुन तोडेको दुई जना किशोरलाई अभियोग लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप