पिस प्वाइन्ट र काष्ठमण्डपबिच उपाधि भिडन्त
बिहीबार, १० फागुन २०८०, १७ : ११
काठमाडौँ । पिस प्वाइन्ट र काष्ठमण्डप काठमाडौँमा जारी १२औँ लोयल्टी कप यू–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनल खेलमा बिहीबार पिस प्वाइन्टले चेल्सी वल्र्ड स्कुललाई १–० गोलले हरायो ।
पिस प्वाइन्टका हिमाल थिङले निर्णायक गोल गरेका थिए । चेल्सीका लोभेन्सन तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।
दोश्रो सेमिफाइनल खेलमा काष्ठमण्डपले आयोजक लोयल्टीको ‘बी’ टोलीलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । पेनाल्टी सुटआउटमा काष्ठमण्डपका लागि अध्ययन शेरचन, विशांक कार्की र साहस ढकालले गोल गरे ।
लोयल्टी ‘बी’ बाट साहिल राई र गौरव राईले पेनाल्टीको अवसरलाई सदुपयोग गरे । लोयल्टी ‘बी’ का साहिल राई ‘म्यान अफ दी म्याच’ घोषित भए । फाइनल खेल शुक्रबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण