अपराधीको कुनै पार्टी या जात हुँदैन : संसद् बजगाईँ
शुक्रबार, ११ फागुन २०८०, १२ : ४५
काठमाडौँ । प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधिलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिए ।
मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ । क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए ।
ललिता निवासको मुद्दाको फैसला आएपछि भूमाफियाहरुको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए । साथै उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवादले भ्रम सृजना गरेकोले उचित छानबिन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण