नेशनल लाइफ इन्स्योरेन्स ३७ औँ वर्षमा प्रवेश
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ३६ औँ वर्ष पुरा गरी ३७ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो । त्यस्तै देशभरमा ५३ वटा बाल र वृद्धाश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरिएको छ ।
विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको कम्पनीले जनाएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमा कोषमा रु.७१ अरबको हाराहारीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८÷०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण