मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल लाइफ इन्स्योरेन्स ३७ औँ वर्षमा प्रवेश

शुक्रबार, ११ फागुन २०८०, १३ : २१
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ३६ औँ वर्ष पुरा गरी ३७ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । 

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो । त्यस्तै देशभरमा ५३ वटा बाल र वृद्धाश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरिएको छ । 

विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको कम्पनीले जनाएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमा कोषमा रु.७१ अरबको हाराहारीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८÷०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप