‘क्वीन’ रिलिजको दश वर्षपछि ‘क्वीन २’ निर्माणको घोषणा
काठमाडौं । दश वर्षअघि बक्स अफिसमा हिट साबित भएको फिल्म ‘क्वीन’को सिक्वेल आउने भएको छ । अभिनेत्री कंगना रनावत एकपटक पुनः ‘क्वीन’ का रुपमा दर्शकमाझ आउन लागेकी हुन् ।
निर्देशक विकास बहलका अनुसार ‘क्वीन २’को स्क्रिप्ट लक भइसकेको छ । सन् २०१४ मा रिलिज फिल्म ‘क्वीन’ बक्स अफिसमा हिट साबितमात्र भएन, यसले राम्रो समीक्षा र दर्शकको माया पनि उत्तिकै पाएको थियो । बिना विवाह एक्लै हनिमुनमा जाने युवतीको कथा समेटिएको फिल्मले धेरैको मन जितेको थियो ।
गत वर्ष मात्र निर्देशक बहलले आफूले ‘क्वीन’को सिक्वेलमा काम गरिरहेको स्वीकारेका थिए । ‘क्वीनले स्तरलाई निकै माथि पुर्याइदियो । तर मलाई यो भन्दा खुसी लागेको छ कि मैले वास्तवमै कथा पुरा गरे । यसकारण अब सिक्वेल बन्ने निश्चित नै भएको छ’, बहलले भनेका छन् ।
आउँदो मार्च महिना बहलका लागि विशेष छ । त्यो किनपनि भने फिल्म टिमले ‘क्वीन’ रिलिज भएको मार्च ७तारिखमा१० औँ वर्षगाँठ मनाउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण