सांसद रायमाझीको प्रश्न : प्रतिपक्षका सांसदको काम कोरम पुर्याउने मात्र हो ?
आइतबार, १३ फागुन २०८०, ११ : ४२
काठमाडौँ । नेकपा एमालेकी सांसद बिजुला रायमाझीले प्रतिपक्षी दलले शून्य र विशेष समयमा उठाएका प्रश्नहरूलाई सरकारले उपेक्षा गरेको बताएकी छिन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रायमाझीले भनिन–‘शून्य समयमा जनताका प्रतिनिधिले जनताका समस्या समाधान गर्न सरकार समक्ष अनुरोध गर्दै आवाज उठाउने हो । सरकार सुन्न नसक्ने, देख्न नसक्ने भान हुन थालेको छ, म सरकारलाई गम्भीर प्रश्न गर्न चाहन्छु के प्रतिपक्षका सांसदको काम कोरम पुर्याउने मात्र हो ? जनताका प्रतिनिधिले जनता र राज्य कमजोर हुने विधेयक आँखामा पट्टी बाँधेर पास गर्नुपर्ने हो ? पीडितको पक्षमा सदनमा बोल्दा प्रतिपक्षलाई सुन्न मिल्दैन ?’
सदनमा शून्य र विशेष समयमा प्रतिपक्षले उठाएका विषयको सरकारसँग जवाफ माग्दा सदन चल्न नदिएको आरोप लाग्ने गरेको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण