सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मादक पदार्थ सेवन गरी कुटपिट, एक जनाको मृत्यु

सोमबार, १४ फागुन २०८०, १२ : ४९
सोमबार, १४ फागुन २०८०

बझाङ । बझाङमा मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रसाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । साथै थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप