मिशिगनको प्राइमरीमा बाइडेनको जित
वासिङ्टन डिसी । आगामी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार चयन गर्न डेमोक्रेटिक दलले मिशिगनमा आयोजना गरेको प्राइमरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जितेका छन् । मंगलबार भएको मतदानमा बाइडेनले ८० प्रतिशत मत पाएका छन् ।
प्राइमरीमा बाइडेनले सहजै जित हात पारे पनि नतिजाले उनका लागि केही चेतावनी संकेत दिएको छ । गाजामा जारी इजरायली युद्ध नियन्त्रणमा अमेरिकाको असफलताप्रति बाइडेनले यतिबेला अरब र मुस्लिम अमेरिकीहरूले सङ्गठित रूपमा विरोधको सामना गरेका छन् । मिशिगनमा १३ दशमलव ४ प्रतिशत मत ‘अप्रतिबद्ध’ खसेको थियो ।
अमेरिकाको राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउने केही राज्यमा मिशिगन पनि पर्दछ । सन् २०१६ को निर्वाचनमा यहाँ ट्रम्पले जितेका थिए । सन् २०२० मा बाइडेनले जित आफ्नो पक्षमा पारे । यस अघिका निर्वाचनमा अप्रतिबद्ध मत थोरै हुन्थे । तर यसपटक यस्तो मतको सङ्ख्या बढेको छ । गाजामा युद्ध विराम नभए मत नदिने भन्दै मिशिगनका अभियन्ताहरूले महिनौँदेखि बाइडेनलाई चेतावनी दिँदै आएका छन् । युद्धमा बाइडेनले इजरायललाई समर्थन गरेपछि बाइडेनकै केही समर्थकले समेत उनलाई छाडेका थिए ।
राष्ट्रपतिको उम्मेदवार चयनको यस दौडमा पार्टीभित्र बाइडेन सबैभन्दा अगाडि छन् । सन् २०२० को निर्वाचनमा झैँ यो वर्ष नोभेम्बरमा हुने निर्वाचनमा पनि बाइडेन र डोनाल्ड ट्रम्प आमने सामने हुने देखिन्छ । मंगलबार मिशिगनमा भएको रिपब्लिकनको प्राइमरीमा पनि ट्रम्पले नै जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण