शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रदेश सरकार र उपमहानगरपालिकाको लगानीमा इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने

बिहीबार, १७ फागुन २०८०, १६ : १०
बिहीबार, १७ फागुन २०८०

विराटनगर । इटहरीस्थित बुढी जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । कोशी प्रदेशमै पहिलो पटक इटहरीमा इलेक्ट्रिक दाहसंस्कार स्थल बन्न लागेको हो ।

इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतीय शवदाह निर्माण हुने पक्का भएको छ । यही आर्थिक वर्षमा काम सकिने गरि काम अगाडि बढाइने भएको छ । कोशी प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र  इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलबिच बिहीबार भएको छलफलले यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने निर्णय गरेको हो ।

विपन्न तथा गरिबहरूलाई दाउरा महँगो पर्ने र समय पनि धेरै लाग्ने भए पछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा शव जलिसक्नेछ ।

इटहरीमा सुविधा सम्पन्न विद्युतीय शवदाह निर्माण गर्न इटहरीका प्रमुख हेमकर्ण पौडेलले पटकपटक प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै आएका थिए । इटहरी उपमहानगरले घरदेखि घाटसम्म स्थानीय सरकार भन्ने नारालाई  सफल बनाउन विद्युतीय शवदाह कोषेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने दाबी प्रमुख पौडेलको छ ।

कोशी प्रदेशमै पहिलो पटक इटहरी उपमहानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गरि सोको सञ्चालन तथा  व्यवस्थापन इटहरी उपमहानगरले नै गर्ने जानकारी समेत मेयर पौडेलले दिए । ।अहिले इटहरीको बुढी जमुना मुक्ति घाटमा सरदर ५ वटा शवको दाहसंस्कार हुने गरेको छ ।

करिब ३ करोड ५० लाखको लागतमा बन्ने छ ।  कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको र तत्काल विद्युतीय शवदाह निर्माण सुरु गर्ने गरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समितिसमेत गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप