मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एट्लेटिको म्याड्रिडलाई जिल्ल्याउँदै एथलेटिक बिल्बाओ कोपा डेल रेको फाइनलमा

शुक्रबार, १८ फागुन २०८०, ०९ : ४८
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । एथलेटिक बिल्बाओ कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि ३–० गोलको सजिलो जित हात पार्दै एथलेटिक बिल्बाओ फाइनलमा पुगेको हो ।

एथलेटिक बिल्बाओ ४–० कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि एथलेटिक बिल्बाओ १–० गोलले विजयी भएको थियो ।

एथलेटिक बिल्बाओले अब अप्रिल ६ तारिखमा उपाधिका लागि मलोर्कासँग भिडन्त गर्नेछ । मलोर्का भने सेमिफाइनलमा रियल सोसिडाडलाई हराउँदै फाइनलमा पुगेको हो । एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा एथलेटिक बिल्बाओले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो ।

खेल सुरु भएको १३औँ मिनेटमा ईनाकी विलियम्सले एथलेटिक बिल्बाओका लागि पहिलो गोल गरेका थिए ।  निर्धारित समयको ४२औँ मिनेटमा निको विलियम्सले टोलीको अग्रता दोब्बर बनाएका थिए । एथलेटिक बिल्बाओका लागि तेस्रो गोल खेलको ६१औँ मिनेटमा गोर्का गुरुजेटाले थपेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप