एट्लेटिको म्याड्रिडलाई जिल्ल्याउँदै एथलेटिक बिल्बाओ कोपा डेल रेको फाइनलमा
काठमाडौँ । एथलेटिक बिल्बाओ कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि ३–० गोलको सजिलो जित हात पार्दै एथलेटिक बिल्बाओ फाइनलमा पुगेको हो ।
एथलेटिक बिल्बाओ ४–० कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि एथलेटिक बिल्बाओ १–० गोलले विजयी भएको थियो ।
एथलेटिक बिल्बाओले अब अप्रिल ६ तारिखमा उपाधिका लागि मलोर्कासँग भिडन्त गर्नेछ । मलोर्का भने सेमिफाइनलमा रियल सोसिडाडलाई हराउँदै फाइनलमा पुगेको हो । एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा एथलेटिक बिल्बाओले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो ।
खेल सुरु भएको १३औँ मिनेटमा ईनाकी विलियम्सले एथलेटिक बिल्बाओका लागि पहिलो गोल गरेका थिए । निर्धारित समयको ४२औँ मिनेटमा निको विलियम्सले टोलीको अग्रता दोब्बर बनाएका थिए । एथलेटिक बिल्बाओका लागि तेस्रो गोल खेलको ६१औँ मिनेटमा गोर्का गुरुजेटाले थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण