नइका सिक्का र टिकट लोकार्पण
काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरिएको छ नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट एक सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट दस रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको छ । नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर हो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण