राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी यथावत् : माओवादी
आइतबार, २० फागुन २०८०, १६ : ०४

काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी यथावत् रहेको बताएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको अडानमा कुनै फेरबदल नभएको बताएका हुन् ।
माओवादीको फागुन १६ गते बसेको बैठकले अध्यक्षमा छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको थियो । ‘यसमा थप भन्नु पर्ने अवस्था छैन । पार्टीले जे निर्णय गर्यो । त्यही लाइन हो । केही फेरबदल भएको छैन’, उनले भने ।
यस्तै उनले मन्त्रिपरिषद् फेरबदलको विषयमा छलफल भइरहेको बताए । केही दिनमा परिणाम आउन सक्ने सापकोटाले सङ्केत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय
-
पर्यटक लोभ्याउँदै लालीगुराँस, तस्बिरहरू
-
बच्चालाई आमाबाबुसँग सुताउने कि अलग्गै ?
-
राष्ट्रपति पौडेलसहित उच्चपदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार
-
भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : भारतीय प्रधानमन्त्री मोदी
-
इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका