कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप
कालीकोट । कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षसम्मका १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाइएको हो ।
यही फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप दिइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । “फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा जिल्लाको खाँडाचक्र र तिलागुफा नगरपालिका तथा पलाता नरहरिनाथ र महावै गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो”, उनले भने ।
फागुन १७ गतेदेखि १९ गतेसम्म जिल्लाको रास्कोट नगरपालिकाका साथै सान्नीत्रिवेणी, पचालझरना र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो । जिल्लाका नौ वटा पालिकाका दुई सय २७ भन्दा बढी खोप केन्द्र्रबाट खोप अभियान सञ्चालन गरिएको महतले जानकारी दिए ।
खाँडाचक्र नगरपालिकाका दुई हजार दुई ८५, पलाताका दुई हजार तीन सय ८३ , नरहरिनाथका दुई हजार आठ सय २७, महावैका एक हजार ९२, तिलागुफाका एक हजार आठ सय ९० लाई खोप दिइएको महतले बताए ।
उनका अनुसार रास्कोट नगरपालिकाका दुई हजार दुई सय ६२, सान्नीत्रिवेणीका एक हजार सात सय, पचालझरनाका एक हजार छ सय ५४ र शुभकालिकाका एक हजार पाँच सय ४३ बालबालिकालाई खोप दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण