नख्खु र केन्द्रीय कारागारका जेलर फेरिए
गृह मन्त्रालयका १८ कर्मचारी हेरफेर
सोमबार, २१ फागुन २०८०, २० : ४२
काठमाडौँ । गृह मन्त्रालयले १८ जना कर्मचारीको सरुवा र पदस्थापन गरेको छ । केन्द्रीय कारागार र कारागार कार्यालय नख्खुका जेलर पनि फेरिएका छन् ।
केन्द्रीय कारागारको जेलरमा उपसचिव कृष्ण बहादुर कटुवाललाई पठाइएको छ । केन्द्रीय कारागारमा कार्यरत ललित कुमार बस्नेतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मित्रलाल शर्मालाई कारागार कार्यालय नख्खुको जेलर बनाइएको छ ।
नख्खुमा कार्यरत कल्पना घिमिरे नेपाल जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रजिअमा सरुवा भएकी छन् । उपसचिव पुष्कर रानालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा काज गरिएको छ । अध्यागमन विभागको निर्देशकमा कृष्ण प्रसाद सापकोटालाई पदस्थापन गरिएको छ ।
_PZwr1T3jFg.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण