नख्खु र केन्द्रीय कारागारका जेलर फेरिए
गृह मन्त्रालयका १८ कर्मचारी हेरफेर
सोमबार, २१ फागुन २०८०, २० : ४२

काठमाडौँ । गृह मन्त्रालयले १८ जना कर्मचारीको सरुवा र पदस्थापन गरेको छ । केन्द्रीय कारागार र कारागार कार्यालय नख्खुका जेलर पनि फेरिएका छन् ।
केन्द्रीय कारागारको जेलरमा उपसचिव कृष्ण बहादुर कटुवाललाई पठाइएको छ । केन्द्रीय कारागारमा कार्यरत ललित कुमार बस्नेतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मित्रलाल शर्मालाई कारागार कार्यालय नख्खुको जेलर बनाइएको छ ।
नख्खुमा कार्यरत कल्पना घिमिरे नेपाल जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रजिअमा सरुवा भएकी छन् । उपसचिव पुष्कर रानालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा काज गरिएको छ । अध्यागमन विभागको निर्देशकमा कृष्ण प्रसाद सापकोटालाई पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा