रास्वपाबाट को-को बन्दैछन् मन्त्री ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्रीका लागि हानथाप देखिएको छ । उपप्रधान तथा गृह मन्त्रालयलाई बटमलाइन बनाएको रास्वपाले चार मन्त्रालयमा दाबी गरेको छ । रास्वपाले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीका लागि अगाडि सारेको छ ।
उपसभापति डोलप्रसाद अर्याल विनाविभागीय रुपमा सरकारमा सहभागी भइसकेका छन् । बाँकी दुई मन्त्रीका लागि संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहमहामन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको नाम चर्चामा छ ।
रास्वपा स्रोतका अनुसार उपसभापति स्वर्णिम वाग्लेले प्रत्यक्ष निर्वाचितलाई मात्र मन्त्री बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका थिए । तर, सभापति लामिछानेले अर्याललाई सरकारमा पठाएर वाग्लेको प्रस्ताव लत्याइदिए ।
त्यसपछि वाग्लेले समावेशितालाई हेरेर मन्त्री बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ । स्रोतले भन्यो, ‘एक जना जनजातिलाई मन्त्री बनाउने कुरा छ । त्यसो हुँदा विराजभक्त वा सुमना श्रेष्ठमध्ये एउटा मन्त्री बन्नुहुन्छ ।’ विराजभक्त मन्त्री बनेको खण्डमा एउटा महिला सांसदलाई मन्त्री बनाउने रास्वपाको तयारी छ । जसमा पार्टीभित्र सोविता गौतमको नाम चर्चा छ ।
सुमना मन्त्री बन्दा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार मन्त्री बन्ने सम्भावना उच्च रहेको स्रोतले रातोपाटीलाई बतायो । रास्वपाले मन्त्री छनोटमा समावेशिताको विषय छलफलमा ल्याएपनि चर्चामा अहाएका नामहरु सबै बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदका छन् ।
यसअघि पनि तीन मन्त्री र एक राज्यमन्त्री बनाउदा रास्वपा बागमती प्रदेश बाहिर पुगेको थिएन । यसअघि लामिछाने, अर्याल, शिशिर खनाल र तोसिमा कार्की चारै जना बागमती प्रदेशका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण