प्रिमियर लिग खेलाउने दक्षिण एसियाली मूलकै पहिलो रेफ्री बन्दै सन्नी सिंह गिल
काठमाडौँ । सन्नी सिंह गिल इङ्लिस प्रिमियर लिग फुटबल खेलाउने भारतीय मूलका पहिलो रेफ्री बन्ने भएका छन् । उनलाई प्रिमियर लिगअन्तर्गत शनिबार राति हुने क्रिस्टल प्यालेस र लुटन टाउनबिचको खेल खेलाउने जिम्मेबारी दिइएको छ ।
३९ वर्षीय सन्नी सिंहललाई सोमबार प्रिमियर लिगका लागि रेफ्री नियुक्त गरिएको हो । क्रिस्टल प्यालेस र लुटन टाउनबिचको खेल लन्डनमा खेलिने छ । ‘सन्नी सिंह इङ्लिस प्रिमियर लिग खेलाउने दक्षिण एसियाली मूलकै पहिलो रेफ्री बन्न लागेका हुन्,’ लिगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सन्नी सिंहका पिता जर्निलसिंह गिल भारतमा जन्मिएका हुन् । पछि उनी इङ्ल्यान्ड बसाई सरेका थिए । इङ्ल्यान्ड बसाई सर्दा सन्नी सिंह केवल तीन वर्षका थिए । यसअघि सन्नी सिंहले इङ्गल्यान्डमा स्थानीय स्तरका थुप्रै प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
सन्नी सिंहका दाजु भुपिन्दर सिंह पनि रेफ्री हुन् । भुपिन्दर सिंह प्रिमियर लिगमा सहायक रेफ्रीको भूमिका निर्वाह गर्ने सिख समुदायका पहिलो व्यक्ति हुन् । उनले सन् २०२३ को जनवरीमा सम्पन्न नटिङ्घम फरेष्ट र साउथएम्पटनबिचको खेलमा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण