सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग खेलाउने दक्षिण एसियाली मूलकै पहिलो रेफ्री बन्दै सन्नी सिंह गिल

बिहीबार, २४ फागुन २०८०, ०९ : १२
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । सन्नी सिंह गिल इङ्लिस प्रिमियर लिग फुटबल खेलाउने भारतीय मूलका पहिलो रेफ्री बन्ने भएका छन् । उनलाई प्रिमियर लिगअन्तर्गत शनिबार राति हुने क्रिस्टल प्यालेस र लुटन टाउनबिचको खेल खेलाउने जिम्मेबारी दिइएको छ ।

३९ वर्षीय सन्नी सिंहललाई सोमबार प्रिमियर लिगका लागि रेफ्री नियुक्त गरिएको हो । क्रिस्टल प्यालेस र लुटन टाउनबिचको खेल लन्डनमा खेलिने छ । ‘सन्नी सिंह इङ्लिस प्रिमियर लिग खेलाउने दक्षिण एसियाली मूलकै पहिलो रेफ्री बन्न लागेका हुन्,’ लिगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन्नी सिंहका पिता जर्निलसिंह गिल भारतमा जन्मिएका हुन् । पछि उनी इङ्ल्यान्ड बसाई सरेका थिए । इङ्ल्यान्ड बसाई सर्दा सन्नी सिंह केवल तीन वर्षका थिए । यसअघि सन्नी सिंहले इङ्गल्यान्डमा स्थानीय स्तरका थुप्रै प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।

सन्नी सिंहका दाजु भुपिन्दर सिंह पनि रेफ्री हुन् । भुपिन्दर सिंह प्रिमियर लिगमा सहायक रेफ्रीको भूमिका निर्वाह गर्ने सिख समुदायका पहिलो व्यक्ति हुन् । उनले सन् २०२३ को जनवरीमा सम्पन्न नटिङ्घम फरेष्ट र साउथएम्पटनबिचको खेलमा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप