सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्र मन्त्री श्रेष्ठले रुसका विदेशमन्त्रीसँग टेलिफोन संवाद गर्ने

बिहीबार, २४ फागुन २०८०, १३ : ११
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । रुसी सेनामा भर्ना भएका नेपालीको बारेमा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले त्यहाँका विदेश मन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन् । मन्त्री श्रेष्ठले मन्त्री लावरोभसँग सवा दुई बजे कुराकानी गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । रुस र युक्रेनका बिचमा अहिले लडाइ चलिरहेको छ । युक्रेनले चार जना नेपालीलाई बन्धक बनाएको छ । त्यसबाहेक सयौँ नेपाली रुसी सेनामा कार्यरत छन् ।

ती सबैलाई स्वदेश फर्काउन सरकारमाथि दबाब छ । रुसी सेनामा रहेका नेपालीहरूका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत आफ्ना मान्छे फिर्ता ल्याई दिनका लागि निवेदन दिएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ११५ जनाभन्दा बढी परिवारले त्यस्तो निवेदन दिएका छन् । सरकारले युक्रेनमा बन्धक बनाइएका चार जना तथा रुसी सेनामा कार्यरत सबै नेपालीलाई फर्काउन सरकारले प्रयास गरिरहेको छ । यसअघिका परराष्ट्र मन्त्री एनपी साउदले पनि पटक–पटक त्यसका लागि प्रयास गरेका थिए ।

युगान्डामा भएको शिखर सम्मेलनमा भाग लिन गएका बेला तत्कालीन परराष्ट्र मन्त्री साउदले त्यहाँका उपविदेश मन्त्री सर्गेई वर्सिनिनसँग छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप