मुद्दा चलिरहेको व्यक्तिलाई गृहमन्त्री बनाएकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति
काठमाडौँ । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वाभाविक भएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति प्रकट गरेका हुन् ।
विश्वकर्माले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए । उनले प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो ? भन्दै प्रश्न समेत गरे ।
उनले भने, ‘भर्खरै नयाँ समीकरणबाट नयाँ सरकार बनेको छ । यो नयाँ सरकारमा नयाँ मन्त्रीज्यूहरु आउनुभएको छ । उहाँहरूको पनि कार्यकाल सफल होस् । यो नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरू समाधान गर्नको लागि भूमिका खेलोस् । तर बनेको यो गठबन्धन सरकारको बारेमा अलिकति फरक विचार छ । हिजो जुन गठबन्धन बनेर देशको नेतृत्व हाँकेको थियो । हाम्रो पार्टी यो गठबन्धन गर्नु गलत भयो भन्ने पक्षमा छ । हिजो के कारणले गठबन्धन भएको थियो र आज राजनीतिक समीकरण बदलेर हाम्रो प्रधानमन्त्रीलाई रातारात के त्यस्तो दबाब आयो, उहाँले थेग्न सक्नुभएन र समीकरण बदल्नुभयो, यो आश्चर्य लागेको छ । मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा जुन व्यक्तिको उपर अदालतमा मुद्दा चलिरहेको छ । त्यो मुद्दाको किनारा लागेको छैन, नागरिकता, दोहोरो पासपोर्टका सवालहरू छन् । सहकारीमा घोटाला भएका मुद्दाहरू जीवितै छ । स्वयं उही व्यक्तिलाई गृह मन्त्रालय सुम्पिने काम भएको त्यो स्वाभाविक रूपमा स्विकार्न सकिने कुरा होइन । यसमा हाम्रो पार्टीको आपत्ति छ ।’
उनले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरू समाधान गर्नको लागि भूमिका खेल्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण