पूजाको ‘दान्भी’ जेठ १० मा रिलिज हुने
काठमाडौँ । फिल्म ‘दान्भी’ आगामी वर्षको जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्मको एक पोस्टर सार्वजनिक गर्दै निर्माण युनिटले प्रदर्शन मिति बाहिर ल्याएको हो । जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा परेको छ ।
रुपेश तामाङको निर्देशन रहेको फिल्म एक्सनप्रधान विषयवस्तुमा बनेको हो । फिल्ममा पूजा शर्मा केन्द्रीय भूमिकामा छिन् ।
फिल्मको छायाङ्कन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको फिल्मको पवन राना मगर कार्यकारी निर्माता हुन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् ।
फिल्ममा पूजाको जोडीको रूपमा अभिनेता कुन्साङ बोमजम देखिनेछन् । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।
लभ स्टोरी फिल्ममा रुचाइएकी नायिका पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण