शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट घाइते भएका ट्राफिकका सई टोपबहादुर खत्रीको मृत्यु

आइतबार, २७ फागुन २०८०, २१ : ५१
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले रातोपाटीलाई बताए ।  

फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप