अन्तर्राष्ट्रिय पिकलबलमा नेपाल च्याम्पियन
काठमाडौँ । एनएसएल नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपाल सुपर लिग (एनएसएल) को आयोजना र पिकलबल एसोसिएसन नेपालको सहकार्यमा भएको प्रतियोगितामा भारत दोस्रो र थाइल्यान्ड तेस्रो भए ।
ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगितामा नेपाल, बेलायत, सिंगापुर, थाइल्यान्ड, भारतलगाएत आठ राष्ट्रका एक सय २० भन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा नेपालले २० स्वर्ण, १३ रजत र २० कास्यसहित कुल ५३ वटा पदक जित्यो ।
यसैगरी दोस्रो भएको भारतले नौ स्वर्ण, १६ रजत र ११ कास्यसहित कुल ३६ वटा पदक हात पा¥यो । तेस्रो भएको सिंगापुरले सात स्वर्ण, एक रजत र चार कांस्य पदक जित्यो । चौथो भएको बेलायतले पाँच स्वर्ण, १२ रजत र १४ कांस्य पदक कुम्ल्यायो ।
यसैगरी प्रतियोगितामा पाँचौँ भएको थाइल्यान्डले पाँच स्वर्ण र चार रजतसहित कुल नौवटा पदक जित्यो । नेपालमा हाल एक सयभन्दा बढी खेलाडी नियमित रूपमा पिकलबलको प्रशिक्षणमा रहेको जानकारी पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले दिए । नेपालमा पहिलो पटक पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण