सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय पिकलबलमा नेपाल च्याम्पियन

सोमबार, २८ फागुन २०८०, १३ : ०८
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । एनएसएल नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपाल सुपर लिग (एनएसएल) को आयोजना र पिकलबल एसोसिएसन नेपालको सहकार्यमा भएको प्रतियोगितामा भारत दोस्रो र थाइल्यान्ड तेस्रो भए ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगितामा नेपाल, बेलायत, सिंगापुर, थाइल्यान्ड, भारतलगाएत आठ राष्ट्रका एक सय २० भन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा नेपालले २० स्वर्ण, १३ रजत र २० कास्यसहित कुल ५३ वटा पदक जित्यो ।

यसैगरी दोस्रो भएको भारतले नौ स्वर्ण, १६ रजत र ११ कास्यसहित कुल ३६ वटा पदक हात पा¥यो । तेस्रो भएको सिंगापुरले सात स्वर्ण, एक रजत र चार कांस्य पदक जित्यो । चौथो भएको बेलायतले पाँच स्वर्ण, १२ रजत र १४ कांस्य पदक कुम्ल्यायो ।

यसैगरी प्रतियोगितामा पाँचौँ भएको थाइल्यान्डले पाँच स्वर्ण र चार रजतसहित कुल नौवटा पदक जित्यो । नेपालमा हाल एक सयभन्दा बढी खेलाडी नियमित रूपमा पिकलबलको प्रशिक्षणमा रहेको जानकारी पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले दिए । नेपालमा पहिलो पटक पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप