वर्षमा दुई पटक आईपीएल गराउने बीसीसीआईको योजना
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एकै वर्ष दुईवटा इन्डियन प्रिमियर लिग (आईपीएल) गराउने तयारी थालेको छ । हालसम्म प्रत्येक वर्ष एकपटक आईपीएल आयोजना हुँदै आएको छ ।
आईपीएलको १७ औँ संस्करण यही मार्च २२ तारिखमा सुरु हुने बताइएको छ । १७औँ संस्करणको पहिलो खेल चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच हुनेछ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, निकट भविष्यमा नै बीसीसीआईले वर्षमा दुईपटक आईपीएल खेलाउने तयारी गरिरहेको छ । यसअघि भारतीय टोलीका पूर्वप्रशिक्षक रवि शास्त्रीले पनि वर्षमा दुईपटक आईपीएल आयोजना गरिनु पर्ने धारणा राख्दै आएका थिए ।
वर्षमा दुईवटा आईपीएल गराउन सबैभन्दा पहिले बीसीसीआईले अन्तर्राष्ट्रिय प्रतियोगिता नभएको रिक्त समय खोज्नुपर्ने हुन्छ । बीसीआईका लागि यो नै सबैभन्दा चुनौतीको विषय बनेको छ ।
यसका अतिरिक्त वर्षमा दुईपटक आयोजना गरिने आईपीएलमध्ये एउटा २० ओभरको र अर्को १० ओभरको गराउने विषयमा पनि कुराकानी चलिरहेको समाचारमा जनाइएको छ । यस विषयमा अझै छलफल जारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण