बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुनै सुनले बनेको एउटा क्षुद्रग्रह– साइकी

मङ्गलबार, २९ फागुन २०८०, १४ : ३८
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । ग्रिसेली मिथकअनुसार माया प्रेमकी देवी भेनसको मनमा समेत ईर्ष्या जन्माइदिने सुन्दरी महिला हुन् साइकी । 

खगोलविद्हरूले एउटा क्षुद्रग्रहलाई साइकी नाम दिएका छन् । यो क्षुद्रग्रह सुनै सुनले बनेको छ । यसको विशेषता यही हो कि सारा पृथ्वीमा भएको भन्दा धेरै सुन यो एउटै छुद्रग्रहमा छ । सुनबाहेक यसमा अन्य कयौँ बहुमूल्य धातु पनि छन् ।

यो क्षुद्रग्रहलाई इटलीका खगोलशास्त्री एनिबेल डी गास्पेरिसले १९ औँ शताब्दीमा पत्ता लगाएका थिए । यो त्यति बेला पत्ता लागेको १६ औँ छुद्रग्रह थियो । त्यसैले यसको नाम १६ साइकी राखियो । झट्ट हेर्दा यो छुद्रग्रह सुनको आलु जस्तै देखिन्छ । यो छुद्रग्रह फलाम, सुन, प्लाटिनम, निकेल जस्ता बहुमूल्य धातुले बनेको छ । १६ साइकी पृथ्विबाट ५० लाख किमी टाढा छ । नासाले साइकी मिसन सुरु गरेको यो वर्ष ६ वर्ष पुग्दैछ ।

साइकीको सतहको क्षेत्रफल करिब १ लाख ६५ हजार ८०० वर्ग किमी भएको बताइएको छ । साइकीमा कति सुन छ ? यसको मूल्य कति होला ? भन्ने प्रश्न यतिबेला तपाईँको मनमा पनि उठिरहेको होला । विश्व अर्थतन्त्रको आकार ७५५ खर्ब डलर हाराहारी छ । साइकीको सुनको मूल्य मात्रै अहिलेको बजार मूल्य अनुसार १० हजार क्वाड्रिलियन बराबर रहेको अनुमान गरिएको छ । यो भनेको धर्तीमा रहेका हरेक व्यक्तिलाई खर्बपति बनाउन पर्याप्त हुनेछ । पृथ्वीमा यति धेरै सुन आयो भने यसको भाउ माटो बराबर हुनेछ । सारा विश्व अर्थतन्त्र ध्वस्त हुनेछ ।

साइकीमा किन रुचि देखाउँदै छ नासा ?

अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सीले साइकी मिसन चलाउनुको कारण यसमा भएको धातुको मूल्य होइन । यसमा यति धेरै धातु किन छ भन्ने हो । सामान्यतः क्षुद्रग्रह कार्बन, पानी र सौर्यमन्डलको समयमा ग्रह बन्न खेरि बनेका अन्य पदार्थ भेटिएका छन् । तर साइकीमा यस्तो धातुहरू कहाँबाट आयो भन्ने रहस्य खोतल्ने प्रयासमा अमेरिका छ । यसमा भएको बहुमूल्य धातुलाई पृथ्वीमा ल्याउनु चाहिँ आकाशको फल आँखा तरी मर मात्रै हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप