शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको राजदेवीमा आगलागी, ३ घर जलेर नष्ट

बुधबार, ३० फागुन २०८०, २१ : २४
बुधबार, ३० फागुन २०८०

रौतहट। रौतहटको राजदेवी नगरपालिकामा बुधवार साँझ आगलागीबाट ३ घर जलेर नष्ट भएका छन्। राजदेवी ७ मुडवलवामा आगलागीबाट ३  घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा लगायत लाखौं मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन। 

जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको बताइन् । स्थानीयवासी र सशस्त्र प्रहरीले बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिइन् ।

यसैबिच नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति राजकिशोर यादवसहित पदाधिकारीहरुले आगलागी पीडितको घरमा पुगेर बिभिन्न सरसामान, भाडा बर्तन तथा खानेकुरा र त्रिपाल सहयोग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप