सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उर्फी जावेदले फिल्म खेल्दै,  ‘लव, सेक्स और धोखा २’ मा अनुबन्ध

बिहीबार, ०१ चैत २०८०, ०९ : ५७
बिहीबार, ०१ चैत २०८०

काठमाडौं । सामाजिक सञ्जालदेखि भारतीय मिडियामा अन्तरङ्ग पहिरन लगाएर निरन्तर जसो चर्चामा आइरहने उर्फी जावेदले फिल्म ‘लव, सेक्स और धोखा २’मार्फत बलिउडमा डेब्यू गर्ने भएकी छन् ।

इन्टरनेटको बढ्दो प्रयोग, प्रेम र सम्बन्धको झलकलाई प्रस्तुत गर्ने फिल्ममा सामाजिक सञ्जालमा लोकप्रिय उर्फीलाई निर्माण पक्षले अनुबन्ध गरेको हो । यो फिल्ममा उर्फीको प्रवेश हुने भएपछि उनका फ्यान उत्साहित बनेका छन् । निर्माण पक्षले फिल्मको विषयवस्तु उर्फीको व्यक्तित्वसँग मेल खाने दाबी गरेको छ ।

बालाजी टेलिफिल्मस् र कल्ट मुभीजको व्यानरमा बन्ने फिल्ममा दिवाकर बनर्जीको निर्देशन रहनेछ । यो फिल्म सन् २०२४ को अप्रिल १९ मा रिलिज हुनेछ । उर्फीले यसअघि ‘फेरों की हेरा फेरी’, ‘बेपनाह’, ‘डायन’, ‘ये रिश्ता क्या कहलाता है’, ‘बडे भैया’, ‘ऐ मेरे हमसफर’, ‘चन्द्र नन्दिनी’ र ‘मेरी दुर्गा’ जस्ता टेलिफिल्ममा अभिनय गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप