उर्फी जावेदले फिल्म खेल्दै, ‘लव, सेक्स और धोखा २’ मा अनुबन्ध
काठमाडौं । सामाजिक सञ्जालदेखि भारतीय मिडियामा अन्तरङ्ग पहिरन लगाएर निरन्तर जसो चर्चामा आइरहने उर्फी जावेदले फिल्म ‘लव, सेक्स और धोखा २’मार्फत बलिउडमा डेब्यू गर्ने भएकी छन् ।
इन्टरनेटको बढ्दो प्रयोग, प्रेम र सम्बन्धको झलकलाई प्रस्तुत गर्ने फिल्ममा सामाजिक सञ्जालमा लोकप्रिय उर्फीलाई निर्माण पक्षले अनुबन्ध गरेको हो । यो फिल्ममा उर्फीको प्रवेश हुने भएपछि उनका फ्यान उत्साहित बनेका छन् । निर्माण पक्षले फिल्मको विषयवस्तु उर्फीको व्यक्तित्वसँग मेल खाने दाबी गरेको छ ।
बालाजी टेलिफिल्मस् र कल्ट मुभीजको व्यानरमा बन्ने फिल्ममा दिवाकर बनर्जीको निर्देशन रहनेछ । यो फिल्म सन् २०२४ को अप्रिल १९ मा रिलिज हुनेछ । उर्फीले यसअघि ‘फेरों की हेरा फेरी’, ‘बेपनाह’, ‘डायन’, ‘ये रिश्ता क्या कहलाता है’, ‘बडे भैया’, ‘ऐ मेरे हमसफर’, ‘चन्द्र नन्दिनी’ र ‘मेरी दुर्गा’ जस्ता टेलिफिल्ममा अभिनय गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण