सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना

शुक्रबार, ०२ चैत २०८०, २२ : १०
शुक्रबार, ०२ चैत २०८०

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका– फाकुम्बामा नयाँ अस्थायी प्रहरी चौकी स्थापना भएको छ । गाउँपालिकाको वडा नं ५ र ६ का समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्थापना गरिएको अस्थायी प्रहरी चौकीको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले आज उद्घाटन गरेका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी उद्घाटन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप