बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
मतगणना

इलाम–२ मा एमाले र बझाङ प्रदेशसभा–१ मा कांग्रेस उम्मेदवारको अग्रता

सोमबार, १७ वैशाख २०८१, ०८ : ५७
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । 
सोमबार बिहान ८ः५५ सम्म प्राप्त अद्यावधिक विवरणअनुसार इलाम २ मा एमालेका सुहाङ नेम्वाङले ८ हजार ८९८ मतका साथ अग्रता बनाएका छन् । 

उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार २८० मत पाएका छन् भने तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ४ हजार ६३४ मत पाएका छन् । 

यसैगरी बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मतका साथ एमालेका उम्मेदवारलाई पछि पारेका छन् । एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार १६५ मत पाएका छन् । 

मतपरिणाम विस्तृतमाः

Capture
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप