सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धु मूसेवालाको आमाले छोरालाई जन्म दिइन्

आइतबार, ०४ चैत २०८०, १० : ४३
आइतबार, ०४ चैत २०८०

चण्डीगढ । स्वर्गीय पञ्जाबी गायक सिद्धु मूसेवालाको घरमा खुसी छाएको छ । उनकी आमा चरण कौरले छोरालाई जन्म दिएकी छिन् । मूसेवालाका बुबा बलकौर सिंहले सामाजिक सञ्जालमा यसको जानकारी दिएका छन् । 

सिंहले आफ्नो कान्छो छोराको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘शुभदीपलाई माया गर्ने करोडौं मानिसको आशीर्वादले अनन्त भगवानले शुभको कान्छो भाइलाई हाम्रो काखमा पठाइदिएका छन् । भगवानको आशीर्वादले आमा र छारा दुवै स्वस्थ छन् । अपार मायाका लागि सम्पूर्ण शुभचिन्तकहरूप्रति आभारी छु ।’

चर्चित पञ्जाबी गायब सिद्धु मूसेवालाको सन् २०२२ मा गोली हानी हत्या गरिएको थियो । सिद्धु मूसेवाला मातापिताका एक्लो सन्तान थिए । सिद्धुको मृत्युपछि उनका आमाबुवाले परिवारको उत्तराधिकारीका लागि आईभीएफ प्रविधिको साहारा लिएका थिए । सिद्धुका भाइ जन्मिएको खबरले यतिबेला मूसेवालाका फ्यानमा खुसीको लहर छाएको छ । सिद्धुका बुवाको यो पोस्टमा लाखौं लाइक र हजारौँ कमेन्टहरू आइरहेको छ ।

२०२२ को मे २९ मा पञ्जाबको मानसा जिल्लामा प्रसिद्ध पञ्जाबी गायक शुभदीप सिंह सिद्धु उर्फ सिद्धु मूसेवालाको गोली हानी हत्या गरिएको थियो । उनको हत्याको जिम्मेवारी गोल्डी बरार र लरेन्स बिश्नोईले लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप