सिद्धु मूसेवालाको आमाले छोरालाई जन्म दिइन्
चण्डीगढ । स्वर्गीय पञ्जाबी गायक सिद्धु मूसेवालाको घरमा खुसी छाएको छ । उनकी आमा चरण कौरले छोरालाई जन्म दिएकी छिन् । मूसेवालाका बुबा बलकौर सिंहले सामाजिक सञ्जालमा यसको जानकारी दिएका छन् ।
सिंहले आफ्नो कान्छो छोराको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘शुभदीपलाई माया गर्ने करोडौं मानिसको आशीर्वादले अनन्त भगवानले शुभको कान्छो भाइलाई हाम्रो काखमा पठाइदिएका छन् । भगवानको आशीर्वादले आमा र छारा दुवै स्वस्थ छन् । अपार मायाका लागि सम्पूर्ण शुभचिन्तकहरूप्रति आभारी छु ।’
चर्चित पञ्जाबी गायब सिद्धु मूसेवालाको सन् २०२२ मा गोली हानी हत्या गरिएको थियो । सिद्धु मूसेवाला मातापिताका एक्लो सन्तान थिए । सिद्धुको मृत्युपछि उनका आमाबुवाले परिवारको उत्तराधिकारीका लागि आईभीएफ प्रविधिको साहारा लिएका थिए । सिद्धुका भाइ जन्मिएको खबरले यतिबेला मूसेवालाका फ्यानमा खुसीको लहर छाएको छ । सिद्धुका बुवाको यो पोस्टमा लाखौं लाइक र हजारौँ कमेन्टहरू आइरहेको छ ।
२०२२ को मे २९ मा पञ्जाबको मानसा जिल्लामा प्रसिद्ध पञ्जाबी गायक शुभदीप सिंह सिद्धु उर्फ सिद्धु मूसेवालाको गोली हानी हत्या गरिएको थियो । उनको हत्याको जिम्मेवारी गोल्डी बरार र लरेन्स बिश्नोईले लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण