सभापति बनेर फरक ढंगले पार्टी चलाउने योजना छ : काेइराला

रामेछाप । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अहिलेको परिवेशमा कांग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन् । रामेछापमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले १५ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व आफूले पाएमा फरक ढङ्गले पार्टी सञ्चालन गर्ने योजना रहेको सुनाए । 'तपाईँहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिले भन्दा भिन्न ढङ्गले पार्टी चलाउने मेरो योजना छ', उनले भने ।
कार्यक्रममा जिल्ला सभापति कान्छाराम तामाङ , पूर्व सभापति रामचन्द्र खड्का , रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने लगायतको उपस्थिति थियो ।
यसैगरी सहिद गङ्गालाल फाउन्डेसनले रामेछापमै आयोजना गरेको अर्को कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सक र राजनीति दुई पेसाबिच ठुलो भिन्नता उल्लेख गरे । चिकित्सकले आफ्नो पेसामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनीतिकर्मीले सम्पूर्ण रूपले आफ्नै राजनीतिलाई डोर्याउन नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर