सभापति बनेर फरक ढंगले पार्टी चलाउने योजना छ : काेइराला
रामेछाप । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अहिलेको परिवेशमा कांग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन् । रामेछापमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले १५ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व आफूले पाएमा फरक ढङ्गले पार्टी सञ्चालन गर्ने योजना रहेको सुनाए । 'तपाईँहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिले भन्दा भिन्न ढङ्गले पार्टी चलाउने मेरो योजना छ', उनले भने ।
कार्यक्रममा जिल्ला सभापति कान्छाराम तामाङ , पूर्व सभापति रामचन्द्र खड्का , रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने लगायतको उपस्थिति थियो ।
यसैगरी सहिद गङ्गालाल फाउन्डेसनले रामेछापमै आयोजना गरेको अर्को कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सक र राजनीति दुई पेसाबिच ठुलो भिन्नता उल्लेख गरे । चिकित्सकले आफ्नो पेसामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनीतिकर्मीले सम्पूर्ण रूपले आफ्नै राजनीतिलाई डोर्याउन नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण