शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च हङकङको नेतृत्वमा हरि तमु

सोमबार, ०५ चैत २०८०, १७ : २०
सोमबार, ०५ चैत २०८०

हङकङ । नेपाली जनप्रगतिशील मञ्च हङकङको तेस्रो अधिवेशनबाट हरि तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । दुर्गा गुरुङ मिलनको अध्यक्षता तथा तुला जङ्ग गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट तमुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । 

कार्यसमितिको उपाध्यक्षमा आशिष सुवेदी, प्रताप कोयु राई, महासचिवमा महेन्द्र लिङ्देन, सचिवमा किन्दर राई, कोषाध्यक्षमा मान प्रसाद गुरुङ र सह कोषाध्यक्षमा पीताम्बर राई, चयन भएका छन् । 

यसैगरी सदस्यहरूमा नीर तुम्बापो लिम्बू ,बाग वीर राई, गोविन्द गुरुङ, रबिन नाल्बो लिम्बू , कृष्ण कुमार गुरुङ, भीम बहादुर गुरुङ चयन भएका छन् । अहिलेलाई १३ सदस्यीय भए पनि पहिलो बैठकबाट केही सदस्य र सल्लाहकारहरू मनोनीत गरिने अध्यक्ष तमुले जानकारी दिए । 

उनका अनुसार धिरेन्द्र चाम्लिङ राई , युवराज गुरुङ , तुलाजङ्ग गुरुङ रहेको निर्वाचन मण्डलले सर्वसम्मतिले कार्य समितिको चयन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप