नेपाली जनप्रगतिशील मञ्च हङकङको नेतृत्वमा हरि तमु
हङकङ । नेपाली जनप्रगतिशील मञ्च हङकङको तेस्रो अधिवेशनबाट हरि तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । दुर्गा गुरुङ मिलनको अध्यक्षता तथा तुला जङ्ग गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट तमुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा आशिष सुवेदी, प्रताप कोयु राई, महासचिवमा महेन्द्र लिङ्देन, सचिवमा किन्दर राई, कोषाध्यक्षमा मान प्रसाद गुरुङ र सह कोषाध्यक्षमा पीताम्बर राई, चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा नीर तुम्बापो लिम्बू ,बाग वीर राई, गोविन्द गुरुङ, रबिन नाल्बो लिम्बू , कृष्ण कुमार गुरुङ, भीम बहादुर गुरुङ चयन भएका छन् । अहिलेलाई १३ सदस्यीय भए पनि पहिलो बैठकबाट केही सदस्य र सल्लाहकारहरू मनोनीत गरिने अध्यक्ष तमुले जानकारी दिए ।
उनका अनुसार धिरेन्द्र चाम्लिङ राई , युवराज गुरुङ , तुलाजङ्ग गुरुङ रहेको निर्वाचन मण्डलले सर्वसम्मतिले कार्य समितिको चयन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण